रौतहट,१८ माघ । नेकपा एमाले मधेश प्रदेशले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना देवी साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । पहिले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।
मेयर साहलाई गत माघ ५ गते दोश्रो पटक नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवले स्पष्टीकरण सोधेका छन । स्पष्टीकरण सोधेको छ, नेकपा (एमाले) को सूर्यछाप लिएर रौतहटको मौलापुर नगरपालिकामा मेयर (प्रमुख) पदमा विजयी भइ कार्य गर्दै आइरहनु भएको तपाई रिना देवी साह पटक पटक नेकपा (एमाले) को विरुद्धमा लागि विधानको धारा ८० को १, २ र ६ आकर्षित हुने गम्भीर घटना गर्दै आउनु भएपछि पहिलो स्पष्टीकरण सोध्ने काम भएको थियो ।
तर तपाइले त्यस्को जवाफ नदिई गैर जिम्मेवार बन्नु भएकोले यो अन्तिम स्पष्टीकरण सोध्ने काम भएको छ र पत्र पाएको २४ घण्टा भित्र तपाईले आफ्नो भनाई लेखी प्रदेश कार्यालय जनकपुरमा पठाउनु होला अन्यथा तपाईलाई पार्टीबाट निस्काशन सम्मको कार्यवाही हुने छ भन्दै नेकपा एमाले मधेश प्रदेश कमिटीले मेयर साह पत्र लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here