अशोक पहाडी
चन्द्रनिगाहपुर,१९ माघ । उधारोमा बेचेको समानको पैसा नउठेर यतीबेला रौतहटको चन्द्रपुरका व्यापारी हैरान भएकाछन् । व्यापार नहुनु उधारोमा बेचेको समानको पैसा पनि उठनु भएपछि यतीबेला यहाँका व्यापारी आजित भएकाछन् ।
बिगत लामो समय देखी चन्द्रनिगाहपुरको मुख्य चोकमा बिजुलीको समान बेच्दै आएका प्रल्लाद गौतमले उधारो लगेका मान्छेले समयमा पैसा नदिएका कारण आफ्नो व्यापार चौपट भएको बताए । आफुलाई चन्द्रनिगाहपुरको स्थापित बताउनेहरुलेनै आफ्नो पसलबाट लगेको समानको पैसा नदिएको र आफुले समान ल्याएको स्थानबाट पैसाको ताकेता बढेका कारण उनी यतीबेला समस्यामा परेकाछन् ।
आफुलाई साहुले छाडदैन आफुले बजारमा उधारो बचेको समानको पैसा उठदैन् ,उनी गुनासो गर्छन् ।
गौतम मात्र नभएर यतीबेला रौतहटको प्रमुख व्यापारीक केन्द्र चन्द्रनिगाहपुरका स्थापित व्यापारीहरु आर्थिक समस्याका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेकाछन् । चन्द्रनिगाहपुरमा लामो समय देखी चामलको होलसेल बिक्रि बितरण गर्दै आएका चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुनिल जयसवालको मिलबाट चामल लगेका व्यापारीले पैसा नदिदा उनी समेत यतीबेला अप्ठेरोमा परेकाछन् । पोखरा ,काठमाण्डौ,हेटौडा ,नारायणगढ लगाएका स्थानका व्यापारीले चेक दिएर लगेको चामलको पैसा नउठेका कारण उनी तनावमा परेका छन् ।
जयसवालले चामल बेच्न थालेको ३० वर्ष भयो । किराना पसल, सुपरमार्केट र होलसेलमा बिक्री गर्ने उनको व्यवसायको प्रकृति हो ।
जयसवालसंग पछिल्लो एक वर्षमा सटही नभएका करिब ५० वटा चेक दराजमा छन् । उनले बजारमा बिक्री गरेका सामान बापतको रकम उठाउन जाँदा किराना पसल, सुपर मार्केटलगायतबाट बैंक तथा सहकारीका चेक आएका छन् । तर चेक साटिदैन् । व्यापारीले आज पैसा हाल्छु भोली हाल्छु भन्दै पार्ने गरेको जयसवालले तराई एक्सप्रेसलाई सुनाए ।
उनका अनुसार, सामान लगेका केही मानिस व्यवसायबाटै पलायन भइसकेका छन् तर व्यवसाय गरिरहेकाहरूबाट समेत उधारो उठेको छैन । ‘चेक नसाटिएर हैरानै खेपेको करिब एक वर्ष भयो । गएको मंसिरबाट झन् समस्या बढेकोले अहिले समस्या चरम उत्कर्षमा पुगेको छ ।
ठूलो आकारमा आफ्नो व्यापार भएका कारण आफूले उधारो व्यवस्थापन गरिरहेको भए पनि यस्ता समस्या बजारमा विकराल बन्दै जाँदा व्यापारको चक्र नै बिग्रिएको उनले सुनाए ।
२० बर्ष देखी चन्द्रनिगाहपुरमा टिभि ,फ्रिज लगाएको ईलेक्ट्रोनिक्सको व्यापार गर्दे आएका राजेन्द्र तिवारीले आफ्नो दुई दशकको व्यावसायिक यात्रामा यो वर्ष अत्यन्तै कष्ट भएको र यो वर्ष त उधारोको वर्ष भएको उनले सुनाए । बजारमा सामान दिएबापतको ठुरो रकम उठ्नुपर्ने भए पनि नउठेका कारण आफ्नै उठिबास लाग्ने अवस्था आएको उनले सुनाए ।
‘बैंकबाट ऋण गरेर सामान ल्याएर बजारमा वितरण भएको छ, तर बजारबाट उधारो उठ्दैन’ तिवारीले भने । आफु यतीबेला दोहोरो व्याज तिर्न बाध्य भएको तिवारीको गुनासो छ । आफुले समान ल्याउने ठाँउमा ३० दिनको म्यादको चेक दिएर समान ल्यायो अनि उधारोमा बेच्यो आफ्नो उधारो उठदैन् साउने ३० दिन पछि बैंककै ब्याज जोडछ । अनि आफुले फेरी बैंकमा पनि व्याज तिर्नु पर्छ कसरी व्यापार गर्ने संकटमा परियो तिवारीले भने । आफ्नो पसलबाट हुने खाँनेलेनै उधारो लगेर पैसा नतिर्दा आफु दोहोरो व्याज तिर्न बाध्य भएको उनको बुझाई रहेको छ ।
पछिल्लो समय चन्द्निगाहपुरमा बिनाकामका बैंक आँउने क्रम बढेसंगै घरबेटीले भाडा दर मनलाग्दी बढाउनदै गएपछि व्यापारी थप मारमा परेको भाडाको घरमा व्यापार गर्ने व्यापारीहरुको भनाइ रहेको छ ।
उधारो कारोबारका कारण व्यवसाय बिग्रिएको भनेर खुलेर बोल्दा बजारमा अविश्वास पैदा हुने र व्यवसायमै संकट आइलाग्ने भन्दै व्यवसायीहरू खुलेर बोल्न चाहँदैनन् । तर, हरेक क्षेत्रमा उधारोको संकट निकै जकडिएको र यसले भयावह दुर्घटनातर्फ व्यापार र यसको विश्वास चक्रलाई पुर्याएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बासुदेव अधिकारीको भनाइ रहेको छ । लत्ता–कपडाको कारोबारमा रहेका चन्द्रनिगाहपुरका अभि घिमिरे यस क्षेत्रको व्यवसायमा पनि उधारोले पिरोलेको बताउँछन् ।
पछिल्लो केही समय देखी बजारमा रकम अभाव भएका कारण सरकारले हजार र पाँच सयका नोट बन्दी गर्नु पर्ने माग समेत उठदै आएको छ । पछिल्लो समय रौतहट जिल्लाकै आर्थिक अवस्था खस्कदै जान थालेको व्यापारीहरुको भनाइ रहेको छ ।
उधारो नदिए व्यापारनै नहुने उधारो दियो भने पैसानै नउठने समस्याका कारण चन्द्रनिगाहपुरका कयौ व्यापारी पलायको अवस्थामा पुगेको फर्निचर व्यावसायी दिवाकर सापकोटाको भनाइ रहेको छ । २०७९ माघ १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।