गरुडा,१९ माघ । नेकपा एमालेको चुनाव चिन्ह्बाट चुनाव जितेर अन्य पार्टीमा लागेकाहरुलाई नेकपा एमालेले धमाधम स्पष्टीकरण सोध्न थालेको छ ।
पार्टीलाई चित्त बुझदो जवाफ नदिए नेकपा एमालेको सुर्य चिन्ह्बाट चुनाव जितेर अन्य पार्टीमा लागेकाहरु माथि एमालेले अव कार्वाही गर्ने भएको छ । यस्तै नेकपा एमालेको चुनाव चिन्ह्बाट देवाही गोनाही नगरपालिकाको उप मेयर जितेकी परनिया देवी पटेलले आफु कुनै पार्टीमा नगएर एमालेमै रहेको बताएकी छिन् । उनको आफ्नो फेसबुक वालमा आफु एमालेमै रहेको र प्रभु साहको पार्टीमा नगएको बताएकी हुन ।
सो नगरपालिकामा प्रभु साहको प्रमुख आतिथ्यतामा भएको विद्यालय शिलन्यास कार्यक्रमका दिननै परनिया देबी पटेलले सो कार्यक्रमा नगएर आफु एमालेमै रहेको फेसबुक मार्फत जनाउ दिएकी ह्न । गएको १३ गते माघमा सो नगरपालिकामा प्रभु साहको प्रमुख आतिथ्यतामा विद्यालय भवनको शिलन्यास भएको थियो ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र मौलापुरका प्रमुख रिना साहलाइ नेकपा (एमाले) मधेश प्रदेश कमिटीले दोस्रो पटक स्पष्टिकरण सोधेको थियो । २४ घण्टाभित्र चितबुझदो स्पष्टिकरण नदिए कारवाही गर्ने कमिटीले चेतावनी दिएको भएपनि दुबै जनाले वास्ता गरेका छैनन् ।
देवाही गोनाही नगरपालिकाका मेयर साहलाई सोधिएको स्पष्टीकरणको पत्र उनले बुझान नमानेपछि उनकै नगरपालिकाको सुचना पाटीमा सो सुचना टाँस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here