अशोक पहाडी
रौतहट,२० माघ । रौतहटको चन्द्रपुरमा आफ्नै छोराले बाबुको हत्या गरेकाछन् । घरायसी विवादमो चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका प्रहरीले बताएको छ ।
राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।
बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले छोरा प्रकाशलाई नियन्त्रणमा लिएको डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए । छोरा प्रकाशले मादक पदार्थ सेवन गरेर बुबा माथि आक्रमण गरेको प्रहरीको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here