चन्द्रपुर,२७ माघ । रौतहटको बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले खोला उत्खननका लागि ठेक्का नलगाएर आफ्ना खेताला लगाएर पैसा खाने गरेको स्थानीयको भनाइ रहेको छ । बागमती खोला उत्खननका लागि ठेक्का लगाउनु पर्नेमा मेयर कुर्मीले आफ्नै भाई भजितलाई दैनिक ज्यालादारीका काममा राखेर खोला उत्खननको अमानतमा काम दिएको भन्दै आज स्थानीयले कर उठाउने घरनै तोडफोड गरेकाछन् । आज दिउसो रमौली घाटमा पुगेका स्थानीयले मेयरले मनपरी गरेको भन्दै कर उठाउनका लागि बनाईएको खरको छाप्रोनै तोडफोड गरेका थिए ।
मेयर कुर्मीले खोला ठेक्का नलगाएर आफ्ना मान्छेलाई अमानतमा खोला उत्खननको पुर्जि काटन लगाएको भन्दै कर उठाउने छाप्रोनै भत्काएको बृन्दावन नगरपालिकाको वडानं २ का वडा अध्यक्ष शिकेन्द्र पटेलले जानकारी दिए ।
चुनाव खर्च उठाउनका लागि मेयर कुर्मी र कार्यालय प्रमुख खिम बहादुर भुजेलको मिलेमतोमा एक टिफरको पुर्जी काटेर चार टिम नदिजन्य पदार्थ पठाएर आर्थिक अनियमिता गरेको भन्दै आफुहरुले आजबाट खोला उत्खननमा रोक लगाएको जसपा नेपालका मधेश प्रदेश सदस्य तथा स्थानीय बासिन्दा बिबेक पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here