रौतहट,२७ माघ । जिल्लाको बृन्दावन नगरपालिकामा मेयर र कार्यालय प्रमुखको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको चार राजनैतिक दलले आरोप लगाएकाछन् । शुक्रबार बृन्दावन नगरपालिकामा पत्रकार सम्मेलन गरेर ,नेकपा एमालेका प्रेमशंकर यादव ,नेपाली काँग्रेसका रामस्नेही यादव ,माओवादीका राम प्रसाद पटेल र जसपा नेपालका बिबेक पटेलले मेयर बिनोद प्रसाद कुर्मी र कार्यालय प्रमुख खिम बहादुर भुजेलको मिलेमतोमा बृन्दावन नगरपालिकालाई भ्रष्टचारको अखडा बनाएको आरोप लगाएका हुन । बृन्दावन नगरपालिकाका मेयर कुर्मीले आफ्नो दुई वटा ट्रक र स्काभेटरमा नगरपालिकाको तेल हाल्ने गरेको उनीहरुले आरोप लगाएकाछन् । नगरपालिकामा भएको भ्रष्टाचारको बिरुद्धमा चार दलले आगामी दिनमा शसक्त आन्दोलन गर्ने उनीहरुले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here