रौतहट,२८ माघ । नेपाल सितोरियो कराँते संघ रौतहट मातहको भोलनटार कराँते डोजोमा शनिबार ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका वडानं ३ मा रहेको भोलनटार कराँते डोजोमा नियमित कराँते प्रशिक्षण गर्ने ९० जना कराँते खेलाडीको बेल्ड टेष्ट अर्थात ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख बिरेन्द्र ढुंगना र नेपाल कराँते महासंघका रौतहट अध्यक्ष अशोक पहाडीको बिषेश आतिथ्यतामा भएको ग्रेडिङ कार्यक्रममा कराँते प्रशिक्षक भिम पहरी भोलनटार डोजोका प्रशिक्षक मंगल लामा ,हिमान्सु मगर लगाएतको उपस्थिती रहेको थियो ।
ग्रेडिङ कार्यक्रममा ह्वाईट बेल्ड बाट अरेन्ज बेल्ड तर्फ आरुण बल उत्कृष्ठ ,ग्रिन बेल्डबाट ब्राउन बेल्डमा नेमा भोलन र महिला तर्फ ग्रिन बेल्डबाट ब्राउन बेल्ड तर्फ प्रिया जिम्बा उत्कृष्ठ खेलाडी घोषित भएका थिए ।
खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिरेन्द्र ढुंगाना र नेपाल कराँते महाासंघ रौतहट अध्यक्ष अशोक पहाडीले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेको नेपाल सितोरियो कराँते संघका सचिव भिम बहादुर पहरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here