चन्द्रपुर,३ फागुन ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रमुखमा डिएसपी एक नारायण कोईराला आएकाछन् ।
यसभन्दा पहिलाका डिएसपी सन्तुप्रसाद जयसवारको गोर्खा सरुवा भएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रमुखका रुपका आईतबार कोईराला आएका हुन ।
चन्द्रनिगाहपुरमा सरुवा भएर आएका डिएसपी कोईरालाले मंगलबार चन्द्रनिगाहपुरमा रहेको हिमालयन गेष्ट हाउसमा स्थानीय राजनैतिक दलका नेता ,समाजसेवी र संचारकर्मीसंग चन्द्रनिगाहपुरको सुरक्षा चुनौतीका बिषयमा अन्र्तक्रिया गरेका थिए ।
डिएसपी कोईरालाले आम नागरिक पनि बिना बिर्दिका प्रहरी भएका कारण यस क्षेत्रको सुरक्षा व्यावस्था राम्रो बनाउनका लागि सबै पक्षको सहयोगको खाँचो रहेको बताएका थिए ।
चन्द्रनिगाहपुर क्षेत्रको सुरक्षा व्यावस्था राम्रो बनाउनका लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने डिएसपी कोईरालाको भनाइ रहेको छ ।