चन्द्रपुर,११ फागुन ।
बिगत बिस बर्ष देखी निर्धन लघुवित्त संग कारोवार गरेकी एक बृद्ध महिलाको एक लाख ५० हजार बचत सो संस्था फिर्ता गरेको छैन् ।
चन्द्रपुर ५ कै नहर टोलकी ६५ बर्षकी समिता संहनीको बचत गरेको एक लाख ५० हजार रकम निधएन उत्थान लघुवित्तले फिर्ता नगरेको हो ।
निर्धन उत्थानको नाममा संचालिच यो संस्थाले ती बृद्धाको रकम फिर्ता नदिनु कारण भने उनको समुह हो ।
गाँउमा पाँच जनाको समह बनाएर ऋण लिएकोमा चार जना महिलाले साँवा र व्याज तिरेनन् ।
उनीहरुले ऋणको र साँवा व्याज नतिरेका कारण उनले जम्मा गरेको बचत फिर्ता गर्न सो संस्थाले नमानेको हो । अरुले तिरेत मेरा बचत गरेको पैसा किन फिर्ता नदिएको भन्दै बृद्धा सहनी दुखेसो गर्छिन् ।
घरमा एकजना कमाउने मान्छे देख्योकी गाँउमा समुह बनाउनुस ऋण लिनुस भन्दै लघुवित्तहरु घर घर आउने एकजनाले पैसा तिरेन् भने अर्कोबाट असुल्ने काममा सक्रिय हुने गरेको समुहमा आवद्ध महिलाहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here