रौतहट,१३ फागुन । अति आवश्यक सेवा बाहेक नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको सबै सेवा बन्द गरिएको छ । वितरण केन्द्रका कर्मचारीहरूले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने घोषणा गरेका छन् । मौलापुर वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीमाथि कुटपिट भएको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् । केन्द्रले आज एक सूचना जारी सो जानकारी गराएको हो । सूचनामा लेखिएको छ । त्रिभुवन साह उर्फ अमर साह र धिरज पाण्डेको समुहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका सहायक ईन्जिनीयर महेन्द्र प्रसाद चौधरीलाई शुक्रवार कुटपिट गरेको थियो ।
शुक्रवार विहान पौने १० बजेको समयमा साह र पाण्डेको नेतृत्वमा आएका २०,३० जनाको अराजक समुहले कार्यालय भित्र प्रवेश गरी विना कारण ईन्जिनीयर चौधरीलाई कुटपिट गर्नुको साथै गाली गलौज गरेको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।
उनिहरुले ईन्जिनीयर चौधरीलाई कुटपिट तथा गाली गलौज गर्दै तानाशाही शैलीमा अपहरण गरी गाडीमा लगेको र विना प्रकृयाको विधुत लाइन जडान गर्न लगाएको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र जनाएको छ । घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा दिएको किटानी जाहेरी हालसम्म दर्ता गर्न नभएको र सो घटनाको दोषीलाइ हालसम्म कुनै कार्यवाही नभएकोले सो घटनाका दोषीहरुलाइ कार्यवाही नभएसम्म कार्यालय बाट प्रवाह हुने अति आवश्यक सेवा बाहेक सम्पूर्णसेवा बन्द गरिएको वितरण केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here