बंकुल,२६ फागुन ।
रौतहट जिल्लाको सिमवर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा अबैध घरेलु मदिरा बनाउने भट्टी संचालनमा रहेकाछन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले परिचालन गरेका घुमुवाको मिलेमतोमा स्थानीइ स्तरमा उत्पादन हुने गुणस्तरहिन घरेलु मदिरा भारतीयलाई बिक्रि बितरण हुदै आएको छ ।
जिल्लाका सिमवर्ती बजारमा भारतीय नागरिकलेनै मदिरा पसल संचालन गर्दै आएकाछन् । भारतको बिहार सरकारले बिहारमा मदिरा सेवन तथा बिक्रि बितरण बन्द गरेपछि सिमावर्ती क्षेत्रका भारतीय नागरिकहरु साँझ नपर्दै नेपाल तिर आँउने गरेकाछन् ।
उनीहरुले नेपालमा उत्पादन भएका सस्तो सिलप्याक रक्सी वा स्थानीय स्तरमा उत्पादन भएका गरणस्तरहिन घरेलु मदिरा सेवन गर्ने गरेकाछन् ।
जिल्लाको राजपुर नगरपालिकामा अबैध रुपमा संचालनमा रहेका घरेलु मदिरा भट्टिमा प्रहरीले छापा मारेर करिव साढे तिन हजार लिटर मदिरा बरामद गरेर नष्ट गरेको थियो ।
विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको प्रहरी टोलीले राजपुर नगरपालिका वडा नम्वर १ स्थित अबैध मदिरा भट्टीमा छापा मारेर ३ हजार तयारी मदिरा र ५ सय लिटर कच्चा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
बरामद गरी स्थानीय भद्रभलादमी, वुद्धिजिवी, समाजसेवी तथा पत्रकारहरुको उपस्थितीमा रक्सी भट्टी फुटाई नष्ट गरिएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले जानकारी दिएका थिए ।
जिल्लामा संचालनमा रहेका गुणस्तरहिन मदिरा उत्पादन गर्ने भट्टीमा बेला बेलामा प्रहरीले छापा मारेर काम देखाउने गरेको छ । बर्षको १२ महिना संचालन हुने अबैध घरेलु मदिरा उत्पादन गर्नेहरुसंग नेपाल प्रहरी र सशस्त्र प्रहरीले मासिक रकम असुल्दै आएको स्थानीयको भनाइ रहेको छ ।
प्रहरीकै मिलेमतोमा जिल्लाको इनरवारी,राजपुर,महाँदेवपट्टी,झुनखुनुवा र कटहरियामा एक दर्जन भन्दा बढी गुणस्तरहिन घरेलु मदिरा उत्पादन गर्ने भट्टी संचालनमा रहेको स्थानीयको भनाइ रहेको छ । उता बारा जिल्लाका बिभिन्न सिमावर्ती बजारमा २२ वटा भन्दा बढी अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी संचालनमा रहेकाछन् ।
लंगडा चोक ,इटवाल,खजानी ,भगवानपुर, पटेर्वा लगाएत स्थानमा २२ वटा भन्दा बढी अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी संचालनमा रहेको बंकुल स्थित तराई एक्सप्रेस समाचारदाताले जानकारी दिएकाछन् । २०७९ फागुन २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here