गौर,१ चैत ।
रौतहट जिल्लाभरी स्ववियु निर्वाचन हुने एकमात्र क्याम्पस जनज्योती बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरमा यतीबेला चुनावी माहौल तातेको छ । जनज्याती बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरमा यतीबेला तीन वटा प्यानल चुनावी मैदानमा रहेकाछन् । नेकपा एमाले , एकीकृत समाजवादी ,माओवादी केन्द्र र जनतमत पार्टी निकटका विद्यार्थीहरु एक प्यानल भएर चुनावी मैदानमा रहेका छन् । नेपाल विद्यार्थी संघले र जनता समाजवादी निकटको विद्यार्थीहरु छुट्टा छुट्टै मैदानमा रहेकाछन् । यस बिच उनीहरुले चुनावी प्रचार प्रसारलाई तिब्र पारेकाछन् । उनीहरु यतीबेला स्ववियु निर्वाचनका लागि घर घरमा गएर भोट माग्न थालेको छ ।
नेपाल विद्यार्थी संघको रौतहट जिल्लाको टोली विभिन्न स्थानमा गएर आफ्ना उम्मेदवारहरूको लागि भोट माग्न थालेको हो ।
नेविसंघको टोलीले चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाभित्र रहेका जन ज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरूको घरमा भोट माग्न थालेको हो ।
स्ववियु निर्वाचनका लागि यतिबेला चुनावी प्रचार प्रसारको अभियान सुरु भएको छ। विद्यार्थी संगठनहरूले यतिबेला आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिन थालेका छन् ।
यता प्रगतीशिल संयुक्त विद्यार्थी संगठनले पनि आफ्नो प्रचार प्रसारलाई तिब्र पारेको सो संगठनका सचिवका उम्मेदवार दामोदर उप्रेतीले जानकारी दिएकाछन् ।
चैत ५ गते हुने निर्वाचनका लागि आफुहरु विद्यार्थीको घर घरमा पुगेर मत माग्न व्यस्त रहेको नेविसंघका सभापतिका उम्मेदवार संगम श्रेष्ठले जानकारी दिएकाछन् । नेपाल विद्यार्थी संघबाट सभापतिमा संगम श्रेष्ठ ,प्रगतीशिल संयुक्त विद्यार्थी संगठनबाट राधेश्याम बैठा ,जनता समाजवादी विद्यार्थी युनियनबाट आशिष लामा सभापतिको उम्मेदवार रहेकाछन् ।