रौतहट,१ चैत । नेकपा एमाले रौतहटको जिल्ला अधिवेसन बैशाख २१ गते हुदै छ । सो जिल्ला अधिवेसनमा एमाले रौतहटका बिभिन्न नेताले अध्यक्षमा आ आफ्नो दावेदारी पेश गर्न थालेकाछन् । यसै बिच नेकपा एमाले रौतहटको अध्यक्षमा आफ्नो दावेदारी रहेको नेकपा एमाले रौतहटका युवा नेता रुपेश पटेलले बताएकाछन् । नेकपा एमाले रौतहटका पुर्व उप सचिव समेत रहेका पटेलले आफु आशन्न अधिवेसनमा अध्यक्षमा चुनाव लडने बताएकाछन् । आफुलाई नेकपा एमालेका युवाहरुको साथ र सहयोग रहेका कारण आफुनै अध्यक्षमा चुनाव जित्ने पटेलले दावी गरेकाछन् ।