गौर,३ चैत ।
जिल्ला कारागार गौरमा चौकीदारले मनलाग्दी गरेको गुनासो बढदै जान थालेको छ । जेलका जेलर शम्भु यादवको प्रत्यक्ष संरक्षणमा चौकिदार पवन यादवले गौर जेलमा सिन्डिकेट चलाउने गरेको गुनासो बाहिर आएको हो ।
गौर कारागारमा जेल जीवन बिताइरहेका कैदी पवन यादव गएको होलि पर्वका दिन बिना कुनै जानकारीनै कारागारबाट अन्तर जिल्ला आफ्नो घरगइ फर्किने क्रममा दुर्घटनामा परि घाइते भएपछि गौर कारागारको रहस्यमहरु एक पछि अर्को गरी बाहिर आँउन थालेको हो । गौर कारगार भित्र पवन यादवको सम्राजयनै रहेको कुरा बाहिरिए पछि बुधबार रौतहटका संचारकर्मीहरु गौर कारागार पुगेर वास्तविक तथ्य बुझ्ने प्रयास गरेका थिए ।
सो क्रममा गौर कारागारमा रहेका कैदी बन्दीले यदावका कारण आफुहरुले चरम यतना भोग्दै आएको बताएका थिए । कारागारको झ्यालबाट संचारकर्मीको हुल देख्न बितिकै कैदी बन्दीहरु भक्कानियर आँसु झार्दै जेलभत्रि यादवले दिएको पीडा सुनाएका थिय । चौकीदार पवन यादव र जेलर शम्भु यादवका कारण आफुहरु गौर कारागारमै जेल प्रशासनकै अगाडि असुरक्षित रहेको बताएका थिए ।
चौकीदार पवन यादवले कारागार भित्रका कैदी महिला कैदी बन्दीहरुलाइ आफ्नो स्वार्थ अनुसार व्यहवार गर्ने गरेको उनीहरुले गुनासो गरेका छन् । चौकीदार यादवले महिला बन्दिको साथमा गलत नियतले आफ्नो स्वार्थ पुर्तीको प्रयास गर्ने गरेको र सो नभए विभिन्न किसिमको यातना दिने, असभ्य र अमर्यादित शब्दहरुको प्रयोग गर्ने गरेको महिला कैदी शोभा यादवले बताएकी छिन् । जिल्ला कारागार कार्यालय गौरमा कैदी जिवन बिताईरहेका बारा जिल्ला भटिनिया गाउँका पवन यादव सर्वसाधारण जस्तो खुल्याम कारागार बाहिर आवत जावत गर्ने गरेको भएपनि जेल प्रशासनले वास्ता नगर्ने गरेको गौर कारागारमा रहेका केदी बन्दीहरुको भनाइ रहेको छ ।
ब्राउन सुगर कारोबारको मुद्धामा १५ वर्ष जेल र ५ लाख जरिवना सहितको सजाय पाएका कैदी हुन । गत फाल्गुन २४ गते होली पर्वको दिन जेलर शम्भु यादवसँग मिलेर कारागारमा डिउटीमा तैनाथ प्रहरी नायव निरीक्षक तेजीलाल यादवको मोटरसाइकलमा बसेर बारा जिल्ला स्थित घर जाँन लागेको अवस्थामा रौतहटको परोहा नगरपालिका ४ लौकाहा मा मोटर साईकल दुर्घटना भएपछि कैदी यादव जेल प्रशासनकै मिलेमतोमा खुलेयाम जेल बाहिर हिडने गरेको तथ्य बाहिर आएको थियो । घाईते यादवको वीरगंजमा रहेको एल.एस न्यूरो अस्पतालको उपचार भईरहेको जेल प्रशासनले बताएको छ । गौर कारागारका जेलर शम्भु यादवले होलीको दिन आफुलाई समेत थाहा नदिई प्रहरी नायव निरीक्षक तेजीलाल यादवले सुटुक्क लिएर गएको अवस्थामा दुर्घटना भएको बताए ।
प्रहरी नायव निरीक्षक तेजीलाल यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जेलबाट जिल्ला प्रहरी कार्यालयमा तानेर कार्वाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गौर कारागारमा कैदी बन्दी मध्य चौकीदार बन्न लाखौं रुपैया बराबर रकम खर्च गरिने गरेको कैदीबन्दीहरुले बताए ।
पटक पटक गौर कारागारमा प्रशासनका कारण बिभिन्न अप्रिय घटना हुने गरेको भन्दै त्यसको निष्पक्ष छानविनका लागि रौतहट क्षेत्र न .२ का सांसद किरण कुमार साहले माग गरेका छन् ।