चन्द्रपुर,३ चैत ।
चन्द्रपुर नगरपालिका वडानं ८ ले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय फर्काउने अभियान थालेको छ । सो वडाले विभिन्न कार्यक्रम गरेर विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालय फर्काउने काम गरेको हो । सो वडाले वडाभरी शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालय फर्काउने काम गरेको वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
बुधबार सो वडाले एक कार्यक्रमका बिच विद्यालय बाहिर रहेका ७५ जना विद्यार्थीलाई विद्याय भर्ना गरेको थियो ।
ईट्टा भट्टामा काम गर्ने ,होटलमा काम गर्ने र विभिन्न कारणले विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई पुन विद्यालयमा फर्काएको वडा अध्यक्ष चौधरीले बताए ।
बुधबार विद्यालय फर्काइएका विद्यार्थीहरुलाई विद्याय पोशाक ,कापी ,कलम लगाएका सामाग्री वितरण गरिएको थियो । समग्र वडाको विकास गर्नका लागि पहिला शिक्षाको विकास हुनुपर्ने भएका कारण आफ्नो पहिलो प्राथमिकता शिक्षा क्षेत्र रहेको वडा अध्यक्ष चौधरीले बताए ।
चन्द्रपुर नगरपालिका वाडनं ८ र नेपाल युवा समिति रौतहट,चन्द्रपुरको सहकार्यमा सो वडामा शैक्षिक सुधार कार्यक्रम अन्र्तत बिभिन्न कार्यक्रम भएका छन् । चन्द्रपुर नगरपालिका वडानं ८ मा रहेका सामुदायीक तथा निजी विद्यालयहरुको सहकार्यमा बिभिन्न कार्यक्रम भएका छन् । सो कार्यक्रम अन्र्तगत पहिला वडाका सबै विद्यालयका विद्यार्थी ,शिक्षक र विद्यालयको अनुगमन गरिएको थियो । त्यस्तै अभिभावकलाई अभिभावकको काम कर्तव्य र अधिकारको षियमा क्षमता अभिबृद्धी कार्यक्रम संचालन गरिएको थियो । विद्यालय व्यावस्थापन समिति र शिक्षकहरुको काम कर्तव्यको बिषयमा तालिम प्रदान गरिएको थियो ।
विद्यालय बाहिर रहेका ७५ जना विद्यार्थीलाई वडाका पायक पर्ने विद्यालयमा भर्ना गरिएको चन्द्रपुर नगरपालिका वाडनं ८ले जनाएको छ ।
चन्द्रपुर नगरपालिका वडानं ८ को आर्थिक सहयोग तथा नेपाल युवा समिति चन्द्रपुर ६ को आयोजनामा भएको जडा स्तरिय हाजिरी जवाफ प्रतियोगितामा होलिभिजन एकेडेमी चन्द्रपुर ८ प्रथम भएको छ । त्यस्तै न्यु झरना बोडिङ स्कुल चन्द्रपुर ८ द्धितिय भएको छ भने सुबलाल भागवत माध्यमिक विद्यालय तेस्रो भएको थियो । सो हाजिरी जवाफ प्रतियोगितामा चन्द्रपुर वडानं ८ का ६ वटा निजी तथा समुदायीक विद्यालयको सहभागिता रहेको थियो ।
बुधबारनै सुबलाल भावत माध्यमिक विद्यालयमा भएको बक्तृत्वकला प्रतियोगितामा अंग्रेजी तर्फ न्युझराना बोडिङ स्कुल प्रथम भएको थियो । सो प्रतियोगितामा नेपाली तर्फ सुवलाल भागवल प्रथम भएको थियो । नेपाली तर्फ न्युझराना दोस्रो र अग्रेजी तर्फ होलिभिजन दोस्रो भएको आयोजक नेपाल युवा समितिका अध्यक्ष रोहित कुमार चौधरीले जानकारी दिएकाछन् । चन्द्रपुर नगरपालिका वडानं ८ को शैक्षिक सुधार कार्यक्रम अन्र्तत बिभिन्न कार्यक्रम भएको वडा अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएकाछन् ।
प्रतियोगितामा प्रथम द्धितिय तथा तृतिय हुने विद्यार्थीलाई वडा अध्यक्ष जितेन्द्र चौधरी तथा चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले पुरस्कर तथा प्रमाणपत्र वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here