गरुडा,४ चैत । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवालको घरमा तोडफोड भएको छ । गरुडा नगरपालिकामा मेयर उठेका दिपक यादवको समुहले मेयर साहको घरमा आक्रमण गर्नुको साथै मेयरले चढने ना १ झ १६७३ नम्बरको गाडीको सिसा समेत तोडफोड गरेको मेयर जयसवालले जानकारी दिएका छन् । एक झुण्ड बोकेका यादवले रौतहटका पत्रकारलाई तथानाम गाली समेत गरेको भिडियो यतीबेला सामाजिक संजालमा भाईरल बनेको छ । रौतहटका पत्रकारले पत्रकारलाई तथानाम गाली गर्ने यादव माथि कार्वाहीको माग गर्दै सामाजिक संजालमा यादवको बिरोध गरेकाछन् । मेयरको घरमा ढुंगामुडा गरेका यादवलाई प्रहरीले केही बेर पक्राउ गरेर छाडेको थियो । पत्रकारले मेयरसंग रकम लिएर नगरपालिकामा भएको बेथितीको समाचार नलेखेको भन्दै यादवले रौतहटका पत्रकारलाई तथानाम गाली समेत गरेका छन् । उनको भिडियो सामाजिक संजालमा भाईरल बनेपछि उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै आफुले समग्र पत्रकारलाई नभएर केही पत्रकारलाई मात्र गाली गरेको स्पस्ट पारेकाछन् । यादवको अभिब्यक्तीका बिरोधमा नेपाल पत्रकार महाँसंघ रौतहट मौन बसेको भन्दै रौतहटका पत्रकारले पत्रकार महाँसंघ बिरुद्धनै समाजिक संजालमा बिष बमन गर्न थालेकाछन् ।यादवले गरुडा नगरपालिकामा आफ्नो घरको मान्छेलाई जागिरदिन पटकट पटक धम्की दिएको र जागिर नदिएका कारण आफ्नो घरमा तोडफोड गरेको मेयर जयसवालले बताए ।
