चन्द्रपुर,४ चैत । रौतहट जिल्लाकै शिक्षामा अग्रणी मानियको चन्द्रपुर नगरपालिकाको एक सामुदायीक विद्यालयको अवस्था नाजुक रहेको छ । चन्द्रपुर ५ स्थित राजपैडामा रहेको आधुनिक प्रथमिक विद्यालयमा कक्षा कोठा अभाव भएका कारण एउटै कोठामा दुई वटा कक्षा संचालनमा रहेका छन् । सो विद्यालयको कक्षा ३ र ४ एउटा कोठामा कक्षा ५ र किचेन एक ठाउमा कक्षा १ र २ एउटा कोठामा राखेर पढाउने पर्ने बाध्यता रहेको शिक्षकहरुले बताएकाछन् ।
सो विद्यालयको दुरा अवस्थाको बिषयमा वडा अध्यक्ष निलहरी कोईरालाललाई पटक पटक हार गुहार गर्दा समेत सुनुवाई नभएको शिक्षकहरुको भनाइ रहेको छ । बालकक्षामा पढने ४७ जना विद्यार्थी ओछ्याउने म्याटेस नहुंदा चिसो भुईमा बसेर बढन बाध्य रहेकाछन् । म्याटेस किन्नका लागि वडामा धेरै पटक भन्दा समेत वडा अध्यक्षले कुनै चासो नदिएको स्थानीयको भनाइ रहेको छ । थप समाचार भोली आईतबारको तराई एक्सप्रेस दैनिकमा पढनु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here