चन्द्रपुर,४ चैत । रौतहट जिल्लाकै एतिहाँसिक मरधर सिमसार क्षेत्रलाई भु माफियालले आफ्नो नाममा गरेका छन् । उनीहरुले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठाका दरले २० टुक्रा गरेका छन् । मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । चन्द्रपुर ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले मरधर सिमसार माफियाको नामबाट नगरपालिकाको नाममा ल्याउनका लागि आफुहरुले पहल थालेको बताए । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेकाछन् । दैनिक जसो वडा कार्यालयमा सो जग्गाको राजश्व बुझाउन मान्छेहरु आउने गरेको भएपनि वडाले राजश्व नबुझेको र सो जग्गा नगरपालिकाको नाममा ल्याउने पहल सुरु भएको वडा अध्यक्ष चौधरीले तराई एक्सप्रेसलाई बताए ।