रौतहट,५ चैत । सर्वजनिक स्थानमा जिल्लाभरका पत्रकारलाई तथानाम गाली गर्ने गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादवलाई सार्वजनिक रुपमा माफि माग्न नेपाल पत्रकार महासंघ रौतहटले चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ रौतहटका सचिव धनन्जय ठाकुरले बिज्ञप्ती सार्वजनिक गर्दै यादवलाई माफि माग्न चेतावनी दिएका हुन । यादवले गरुडा नगरपालिकामा आफ्न्लाई जागिर नदिएको झोकमा मेयर कन्थमणी जयसवालको घरमा ढुंगामुडा गर्नुको साथै नगरपालिकाको गाडी मेत तोडफोड गरेका थिए । सोही झोकमा उनले रौतहटका पत्रकारलाई गाली गलौज समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here