चन्द्रपुर,१६ चैत । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको चरम लापारवाहीका कारण स्थानीयले खाने पानी समेत खान नपाउने भएका छन् ।
सडक बिभागले चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिसंग समन्वय नगरी चन्द्रनिगाहपुर गौर सडक खण्ड चौडा गर्ने बाहानामा राती राती डोजर लगाउदा चन्द्रनिगाहपुर गौर रोडका खानेपानी उपभोक्ता समसयामा परेका हुन । ठेक्काको नाममा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर ठेकेदार कम्पनीले लापारवाही गर्दा खाने पानीको पाईप फुटाउने काम भयको ,कतै तार चुडाले चरम लापारवाही गरेको स्थानीय कृष्णचन्द्र पोख्रेलले बताए । जनता ले ,बिकासको नाममा संधै सास्ती पेप्नु परेको उनको भनाइ रहेको छ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा संचालित खानेपानी चैत्र १३ गतेबाट चन्द्रपुरको केही स्थानमा खानेपानी आपुर्ति बन्द हुने जनाएको छ ।
गौर सडक खण्डको चन्दपुर चौक देखि तल्लो बजारसम्म सडक विस्तार र नाला निर्माणको कार्य शुरु भई चन्द्रनिगाहपुर चौक देखि दक्षिण मुस्लिम टोल ,देउराली चौक, तल्लो बजार, पूर्वटोल र थलही टोललगायतका ठाउँहरुमा खानेपानी अवरुद्ध भएको उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ताहरुलाई पर्न गर्न गएको असुविधा लाई ध्यानमा राखेर खानेपानी यथाशक्य छिटो संचालन गर्न लागी परेको समेत संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here