गुजरा,१९ चैत । रौतहटको गुजरा नगरपालिकामा जसपाको नगर कमिटि गठन भएको छ । सो नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा नगर स्तरीय अगुवा कार्यकर्ता भेला मार्फत सो कमिटि गठन गरिएको छ । कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला अध्यक्ष श्याम बिहारी यादवले गरेका थिए , भने प्रमुख अतिथिको रुपमा केन्द्रिय सदस्य रामअश्ररे चौधरी रहेका थिए । सो अवसरमा प्रदेश सचिब पुनित राम , प्रदेश सदस्य जिल्ला सह इन्चार्ज राज कुमार दास प्रदेश सदस्य बिरेन्द्र प्र. यादब , प्रदेश सदस्य बिजय चौधरी , प्रदेश सदस्य इस्वरीलाल यादब , च पुर को नगर अध्यक्ष कल्यान राउत को उपस्थिति रहेको थियो ।
जसपाको नगर स्तरीय संगठन बिस्तारको क्रममा शनिबार गुजरा नगरपालिकाको सबै वाडा को नेता कार्यकर्ताहरुको उपस्थितमा अनुठा धामीको अध्यक्षतामा ३१ सदस्यीय नगर तदर्थ समिति चयन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा किसनाथ राम,उपाध्यक्ष दिलिप कुमार यादब,कुमरी देबी पसबान ,सचिव जमुल्लाह मन्सुरी ,सह सचिवमा दिनेश चौधरी,जयमगल साह कल्बार ,कोषाध्यक्ष देबकी चौधरी लगायतका व्यक्तीहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here