कटहरिया,१९ चैत । रौतहटको कटहरिया नगरपालिकामा जारी कटहरिया प्रिमियर लिगमा कटहरिया टिम बिजयी भएको छ । आज भएको खेलमा कटहरियाले जित हात पारेको छ । श्री जय माँ बौधि क्रिकेट क्लब कटहरियाद्धारा जारी कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्ट २०७९ को शनिबार सम्पन्न भएको खेलमा कटहरिया टिमले बलुवा टिममलाई ४ बिकेटले पराजित गरेको छ । कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्ट खेलमा बलुवाले टस हारेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय ७ रनको योगफल तयार पार्न सफल भएको थियो ।
जवाफी ब्याटिंगमा उत्रेको कटहरियाले ११ ओभर ४ बालमा ४ बिकेटको क्षतिमा १ सय ८ रन बनाई विजयी भएको हो । आज भएको खेलमा दिपु साहले नट आउट भई २५ रन बनाई १ बिकेट लिएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here