बारा,२० चैत । कांग्रेसले बारा २ मा सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय लिएको छ । गठबन्धनका तर्फबाट चितवन र तनहुँमा भने कांग्रेसले उम्मेदवारी दिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ०७९ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बाराको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here