अशोक पहाडी / रौतहट २९ चैत । रौतहट गरुडामा दोहोरो झडप हुदा ६ जना प्रहरी घाईते भएका छन । गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादवले विभिन्न माग राख्दै आज दिउँसो नगरपालिकामा ताला लगाउन गएपछ प्रहरी संग दोहोरो झडप भएको हो । सो झडपका क्रममा प्रहरी निरीक्षक बिरेन्द्र पासवान सिहतका ६ जना प्रहरी घाइते भएका छन । भिडमा गोलीको छर्रा लागेर गरुडा ५ का गजेन्द्र साह घाईते भएका छन । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । झडपलाई नियन्त्रणमा लिन प्रहीले ११ राउन्ड हवाई फायर गर्नुको साथै ५ राउन्ड अश्रुल ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यलय रौतहट ले जनाएको छ ।