अशोक पहाडी,चन्द्रपुर,६ बैशाख । रौतहटको धार्मिक पर्यटकीय क्षेत्र पौराई ब्रम्ह्र स्थानमा फोहोरका कारण पुजा गर्न आँउने भक्तालुहरुलाई समस्या भएको छ । भाकल गरेमा मनमा चिताएको कामना पुरा हुने भएका कारण रौतहट,बारा,सर्लाही ,पर्सा ,धनुषा र भारतबाट समेत सो स्थानमा भक्तालुहरु आँउने गरेकाछन् ।
पौराइ ब्रम्ह् स्थानमा बोका ,कुखुर , र परेवाको बलि चढाइने गरिएको छ । बलि चढाउन आँउनेहरुले चढाएको कुखुरा , बोका सोही स्थानमा पकाएर खाने गरेको त्यहाँबाट उत्पादन भएको फोहोर नगरपालिकाले व्यावस्थापन नगरेका कारण मन्दिर वरपरको बाताबरण दुर्गन्धित हुने गरेको स्थानीय बासिन्दा देवी सापकोटाको भनाइ रहेको छ ।
पौराई मन्दिरमा बाहिरबाट आँउने भक्तहरुले गरेको फोहोर समयमा व्यावस्थापन गर्नका लागि नगरपालिकाले चासो दिनुपर्ने सापकोटाको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाले पौराइ ब्रम्ह् स्थानको काटमारको ठेक्का लागउदै आएको भएपनि त्यहाँ हुने फोहोरको बिषयमा चासो नदिएको अर्का स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ ।
पौराइ ब्रम्ह् स्थानलाई व्यावस्थित गर्न सके धार्मीक पर्यटक भित्राउन सकिने भन्दै स्थानीयले सो स्थानको भौतीक पुर्वाधर निर्माणमा सम्बन्धीत निकायले चासो दिनुपर्ने बताउदै आएकाछन् । मन्दिरको चारै तीर बलि दिईएका पशु पक्षीको रगत ,मासु काटेका हडी ,बोकाका भुत्ला जताततै देखिने गरेको छ ।
चन्द्रपुर नगरपालिकाले हप्ताका एक पटक नगरपालिकाको टिफर लगेर त्यहाँको फोहोर व्यावस्थापनमा चासो दिनुपर्ने पौराइ ब्रम्ह् स्थान सुधार समितिका अध्यक्ष रुपेश पंडितको भनाइ रहेको छ ।
पौराइ बम्ह् स्थानमा भौतिक संरचनाको कामहरु तिब्र रुपमा भईरहेको भएपनि त्यहाँको फोहोरका कारण बाताबरणनै बिग्रदै जान थालेको भन्दै स्थानीयले नगरपालिकाले त्यस बिषयमा चसो लिनुपर्ने कुरा जोडतोडका साथ उठाउन थालेकाछन् ।
जिल्ला बाहिरबाट समेत सो स्थानमा भक्तहरु आँउने भएका कारण स्वछ र हरावरा चन्द्रपुर नगरपालिकाको स्लोगनलाई समेत जिवित राख्नका लागि पौराइ सरसफाइमा चन्द्रपुर नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीय बासिन्दा तथा नेकपा एमालेका नेता बिर बहादुरले गोलेको. भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगरपालिकाको धार्मीक पर्यटकिय स्थल पौराइ ब्रम्ह् स्थानको विकास सुन्दरतामा कमी आँउन नदिनका लागि चन्द्रपुर नगरपालिका सदैव तयार रहेको बताए । उनले त्यहाँको फोहोर व्यावस्थापनका लागि आफुले तत्काल समितिसंग बसेर छलफल गर्ने बताए । २०८० बैशाख ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here