बागमती,६ बैशाख । रौतहटको चन्द्रपुर १ बागमती बजारमा कोरेक्स छ्याप छ्याप्ती पाईने गरेको छ । हिजोआज बागमती बजारमा लागू औषध कोरेक्स सेवन गर्नका लागि रौतहट र सर्लाहीका युवाहरुको तातीनै लाग्ने गरेको छ ।
बागमतीको हाट बजार लाग्ने स्थानका दर्जनौ व्यापारीले लागु औषधको कारोवार गर्ने गरेको स्थानीयले जानकारी दिएकाछन् ।
रौतहट तथा सर्लाहीको भारतीय बजारबाट आउने लागु औषध रौतहटको बागमती बजारमा खुलेयाम बिक्रि बितरण गर्दा समेत स्थानीय प्रहरी प्रशासनले चासो नदिएको स्थानीयको भनाइ रहेको छ ।
बागमती बजारमा लागु औषधको कारोवार गर्नेहरुले आफुले बगमती बजारमा रहेको प्रहरी चौकीलाई मिलाएर कारोवार गर्ने गरेको बताउने गरेको एकजना लागु औषध सेवनकर्ताले तराई एक्सप्रेसलाई बताए ।
रौतहटको चन्द्रपुर नगरक्षेत्रमा पछिल्लो समय युवा युवतीहरु लागु औषधको कुलतमा फंस्दै जान थालेका कारण यसको निवारणका लागि प्रहरीले चासो दिनुपर्ने चन्द्रनिगाहपुरका युवा राजनितिज्ञ बाबुराम दाहालको भनाइ रहेको छ । ईलाका प्हरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोईरालाले लागु औषध सेवत तथा बिक्रि बितरण नियन्त्रणका लागि आफुले पहल थालेको र आवको केही समयमै त्यसका विरुद्ध प्रहरीले अभियान थाल्ने जानकारी दिएकाछन् ।
चन्द्रपुर नगरपालिकाको बागमती बजारमा तरकारी बजार जस्तै लागु औषधको कारोवार गर्नेहरुले व्यपार चलाउदा पनि बागमतीमा रहेको प्रहरी चौकीले देखेको नदेखे झै गर्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
रौतहट पटीको बागमती खोला किनारमा कारेक्सका बोतले हेर्ने हो भने पनि अवको युवा पुस्ताको दिचार्य कता जाँदै छ भन्ने कुरा स्पस्ट हुन्छ ,एक स्थानीय बासिन्दाले भने ।
बागमती बजारमा रु एक हजारमा एक थान कोरेक्सको बोतल पाँईने गरेको जानकारहरुको भनाइ रहेको छ । खुल्ला सिमाका कारण बिभिन्न किसिमका लागु औषध सहजै रुपमा रौतहटको बजारमा आँउने गरेका कारण समेत यहाँका युवा युवती त्यसको कुलतमा फँस्दै जान थालेकाछन् ।
रौतहट जिल्लाका विद्यालय जाने उमेरका युवा युवती लागु औषध कोरेक्सको कुलतमा फँस्दै जान थालेको एक तथ्याङकले देखाएको छ ।
यता चन्द्रनिगाहपुरको चिडियादहको चाँदी खोला छेउमा साँझको समयमा लागु औषध सेवन गर्ने युवा युवतीको भिडनै लाग्ने गरेको स्थानीयको भनाइ ररहेको छ । सो स्थानमा साँझको समयमा प्रहरीले गस्ती बढाउनुपर्ने स्थानीयको भनाइ रहेको छ ।२०८० बैशाख ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here