चन्द्रनिगाहपुर,६ बैशाख । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको लापारवाहीका कारण चन्द्रपुर नगरपालिका अगाडि दैनीक जसो दुर्घटान हुदै जान थालेको छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सो स्थानमा नाला र कज्वेकोको काम एकै पटक थालेका कारण दुर्घटना बढेको स्थानीय बासिन्दाले बताए । चन्द्रनिगाहपुर गौर सडक खण्डको सो स्थानमा बन्दै गरेको कज्वेका कारण सवारी जाम लाग्ने गरेको छ ।
हिलो माटो र सवारी जामका कारण सो स्थानमा दैनिक जसो साना सवारी दुर्घटना हुने गरेको छ । सो स्थानको सवारी जामलाई व्यावस्थापन गर्नका लागि ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालयका कर्मचारी खटाइनुपर्ने त्यसो नभएका कारण दुर्घटना बढदै जान लाथेको स्थानीय बासिन्दा नरेश लामिछानेले तराई एक्सप्रेसलाई बताए ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले बनाएको नाला समेत गुणस्तरहिन भएको चन्द्रपुर नगरपालिका वडानं ६ का वडा अध्यक्ष सहदेव केसीको भनाइ रहेको छ ।
कज्वेका कारण सो स्थानमा सवारी दुर्घटना बढदै जान थालेको छ भने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेकेदार मार्फत बनाएको नालाको पानी तल्तीर बग्नुपर्नेमा मास्तीर बग्ने गरी नाला बनाएको वडा अध्यक्ष केसीले तराई एक्सप्रेसलाई बताए ।
सो स्थानमा बन्दै गरेको नालाको बिषयमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले बेलैमा ध्यान नदिएमा बर्षाको समयमा पानी उल्टो बग्ने खतरा बढ्दै जान थालेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुर गौर सडक खण्ड चार लेनको बनाउने क्रममा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले नाला समेत बनाउनका लागि ठेक्का लगाएको हो ।
नाला बनाएको स्थानमा पहिला ठुलो राजकुलो रहेकोमा पछिल्लो सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेकेदार मार्फत बनाएको नाला अत्यन्त सानो भएकाले बर्षाको पानी नालाबाट नभएर सडकबाट बग्ने खतरा रहेको नेपाली काँग्रेसका युवा नेता मुकेश गिरीले तराई एक्सप्रेसलाई बताए ।
नाला सानो भएका कारण चन्द्रनिगाहपुरको मुख्य चोक देखी टेकान जाने बाटोमा रहेको नालाको पानी हरेक बर्ष बर्षाको पानी सडकबाटै बग्ने गरेका कारण गौर रोडको नालाको पानी समेत अव आँउने बर्षामा गौर रोडको नालाबाट नभएर पानी सडकबाटै बग्ने खतरा रहेको गिरीले बताए ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले यस्तो बिषयमा खासै चासो नदिएको स्थानीयको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सो बिषयमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखसंग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन । २०८० बैशाख ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here