चन्द्रपुर,७ बैशाख । रौतहट जिल्लामै प्रख्यात धार्मीक स्थालको रुपमा रहेको पौराइ ब्रम्ह् स्थानमा समितिले ब्रम्ह्लुट गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको भएपनि समितिले कुनै वास्ता गरेको छैन ।
पौराइ ब्रम्ह् स्थान निर्माण सुधार संघले मन्दिरको आय आर्जनमा ब्रम्ह्लुट गरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएका थिए ।
समितिले ४ बर्ष देखीको हिसाव किताव हिनामिना गरेको ,संस्था नविकरण समेत नगरेको लगाएतका आरोप लगाउदै स्थानीयले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिदा समेत कुनै सुनुवाईनै नभएको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् । समितिका समित मन्छेले मनोमानी गर्दै मन्दिरमा भक्तजनले चढाएको बोका तथा परेवा डाँक बढाबढ नगरी बिक्रि बितरण गर्दै आएका छन् ।
समितिले मन्दिरको रकमका गिद्धे नजर लगाएको भन्दै स्थानीयले गत माद्द २ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । महादेव मन्दिर निर्माणका लागि रकम अभाव देखिएको भन्दै समितिले मन्दिर निर्माण अधुरै छाडेको तर त्यसको हिसाव किताव नदेखाएको स्थानीयको भनाइ रहेको छ । तत्कालिन सांसद रामकुमार भट्टराईको सांसद विकास कोषबाट बनेको महादेवको मुर्ती ढलेपछि सो स्थानमा ४० लाखको लागतमा अर्को महादेवको मुर्ती बनाउने काम थालिएको भएपनि मुर्ती निर्माणका लागि रकम अभाव भएको भन्दै निर्माणको काम बिचमै छाडिएको थियो ।
स्थानीयले पौराइ ब्रम्ह् स्थानमा सर्वसाधारणले चढाएको दान पेटीकाको रकम समेत समितिले बैंकमा दाखिला नगरी मनोमानी चलाउने गरेको आरोप लगाउदै आएकाछन् ।
समितिको नाममा बैंकमा रहेको रकम समेत अध्यक्षले मनोमानी तरिकाले आफुलाई आवश्यक परेको बेलामा निकाल्ने र पछि लगेर जम्मा गर्ने गरेको स्थानीयले जिल्ला प्रशासन कार्यालयमा बुझाएको उजुरीमा उल्लेख रहेको छ ।
पौराइ ब्रम्ह् स्थान निर्माण सुधार समितिले मनोमानी गरेको भन्दै स्थानीयले तत्कालिन समयमा वडा कार्यालयमा उजुरी गरेपछि समितिले २०७७ जेठ ३१ गते सम्म साधारणसभा गर्ने सहमती गरेको भएपनि हाल साधारणसभा नगरेको गाँउलेहरुको भनाइ रहेको छ । रौतहट जिल्ला तथा मध्य तराईकै धार्मीक स्थलका रुपमा परिचत रहेको पौराइ ब्रम्ह् स्थानमा भाकल गरेमा आफ्नो मनोकांक्षा पुरा हुने जन विस्वास रहेकाले सो स्थानमा सर्वसाधारणको भिड लाग्ने गरेको छ ।
पछिल्लो समयमा भएका भौतीक संरचना निर्माणमा समेत व्यापक आर्थिक अनियमिता भएको स्थानीयको भनाइ रहेको छ । राणाप्रधानमन्त्री जंगबहादुर राणा शिकार खेल्ने क्रममा पौराईको घनाजंगलमा आएको अवस्थामा आफुसंग आएका सेनाहरू आपूmसंग छुट्टिएको अवस्थामा तनावमा रहेका जंगबहादुरले नजिकै रहेको पौराई ब्रम्हस्थानमा गएर आफ्नो समस्या बताएपछि केही समयमा सेनाहरू भेटिएको किंवबन्ती रहेकाले पनि यो स्थान महत्वपूर्ण रहेको मानीन्छ । २०८० बैशाख ७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।