गौर,७ बैशाख । माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा आफनै ज्वाइलाई खेताला राखेर परिक्षा दिन लगाउने मेयर विरुद्ध पक्राउ पुर्जी जारी भएको १३ दिन वितिसक्दा पनि प्रहरीले समात्न सकेको छैन् ।
मौलापुर नगरपालिकाको श्री लक्ष्मिनियाँ माध्यमिक विद्यालय परिक्षा केन्द्रमा देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुले नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ बाट आफनै ज्वाई कमल साहलाई खेतालाको राखेर परिक्षा दिलाउदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट परिक्षा अनुगमनमा खटिएका प्रशासकीय अधिकृत मणीभूषण साहको टोलीले चैत १९ गते नियन्त्रणमा लिएपछि मेयरले खेताला राखेको पोल खुलेका थियो ।
पक्राउ परेका साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन ।
“अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएको र उनी निर्वाचित जनप्रतिनिधि भएकोले छानबिन गर्न जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।” चैत २४ गते जिल्ला अदालत रौतहटबाट पक्राउ पुर्जी जारी भएपनि हाल सम्म प्रहरी नियन्त्रण बाहिर रहेका मेयर कानुलाई जोगाउन सत्तारुढ राजनीतिक लागिपरेको आरोप लागिरहेको छ ।
शिक्षा ऐन २०२८ को दफा १७ “क” अनुसार लक्ष्मीनिया माविमा मेयरले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ । नक्कली परिक्षार्थी पक्राउ परेपछि सो परिक्षाकेन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहको मिलोमतोमा उक्त कार्य भएको र उनी संग पनि सम्पर्क खोज्दा सम्पर्क विहिन बनेका छन । अनुसन्धानका लागि प्रहरीले खोजेको सूचना पाएपछि उनी फरार भएको बताइएका छ । पक्राउ पुजी जारी भएको १३ औं दिन वितिसक्दा पनि मेयर कानु समक्ष प्रहरी पुग्न सकेको छैनन् । मेयर कानु सीमापारी भारतमा लुकेर बसेका छन् । श्रोतका अनुसार जिल्ला अदालतमा सेटिंग भईरहेको छ यदी कुरा मिल्यो भने मेयर कानु उपस्थित भई सोही दिन धरौटीमा रिहा हुने चाजोपाँजो मिलाउने खेल भईरहेको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्रहरीले आरोपित व्यक्तिको खोजी कार्य गरिरहेको छ तर अहिले सम्म नियन्त्रण बाहिर रहेको स्वीकार गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here