पोखरा, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन् । आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुदाँ वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार जारी मतगणनामा १३ हजार ६५ मतगणना सम्पन्न हुदाँ रास्वपाका वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले उनी भन्दा आधा कम अर्थात ३ हजार २३४ मात्रै मत प्राप्त गरेका छन ।नेकपा एमालेका सर्वेन्द्र खनाल वाग्ले भन्दा ५ हजार मतले पछि परेका छन । खनालले २ हजार १३४ मतमा सिमित रहेका छन् । हिजो सम्पन निर्वाचनमा तनहुँ–१ मा ६३ हजार ७५७ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here