चन्द्रपुर,१५ बेशाख । रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ स्थित बेतौनामा रहेको दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक सोनेलाल यादवले विद्यालय हातामा रहेको सखुवाहको रुख बेचेकाछन् । उनले डिभिजन वन कार्यालय रौतहटलाई जानकारी नदिइकन विद्यालय हाता भित्र रहेको बडेमानको सखुवाको रुख काटेर वेपत्ता पारेका हुन । सरकारी नियम अनुसार निजी जमिनमा लगाएको रुख काटन समेत डिभिजन वन कार्यालयको अनुमती चाहिनेमा प्रधानाध्यापक यादवले वनको जमिनमा रहेको विद्यालयको हाता भित्रको रुख काटन लगाएका हुन । उनले सो सालको रुखलाई गोलिया बनाएर बिभिन्न स्थानमा पु¥याएकाछन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले मनलाग्दी वनको रुख काटने यादव माथि कार्वाही हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here