चन्द्रपुर,१९ बैशाख । राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा तेक्वादो तर्फ रौतहटकी कन्चन खड्काले कस्य पदक हात पारेकी छिन् ।
रौतहटको चन्द्रनिगाहपुरकी तेक्वादो खेलाडी खड्काले आईवार सम्पन्न खेलमा कास्य पदक हात पार्न सफल भएकी हुन ।
नगर स्तरीय ,जिल्ला स्तरीय प्रदेश स्तरीय प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दे राष्ट्रिय प्रतियोगितामा खेल्न गएकी खड्काले राष्ट्रिय स्तरको प्रतियोगितामा भने कस्य पदकमै चित्त बुझाउनु परेको थियो । यस्तै कराँते तर्फको राष्ट्रिय प्रतियोगितामा चन्द्रनिगहपुरकी कराँते खेलाडी रचना पाण्डेले पनि कास्य पदक हात पारेकी छिन् ।
रौतहटका अर्का एक खेलाडीले १०० मिटर दौडमा गोल्ड मेडल हात पारेकाछन् ।