गौर,१९ बैशाख । रौतहटको मौलापुर नगरपालिकामा कार्यालय प्रमुख रामबाबु साहको मिलेमतोमा व्यापक आर्थिक अनियमिता भएको समाचार बाहिर आएको छ । मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत तथा लेखापालको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री खरिदमा २० लाख अनियमितता भएको समाचार प्रकाशमा आएको छ । निमित्त प्रशासकीय अधिकृत रामबाबु शाह र लेखापाल जयप्रकाश महतोले सो नगरपालिकामा बिगत लामो समयदेखी मनलाग्दी गर्दै आएको स्थानीयको भनाइ रहेको छ ।
मौलापुर नगर पालिकाका निमित्त प्रशासकीय अधिकृत रामबाबु शाह र लेखापाल जयप्रकाश महतोको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री हिनामिना भएको हो ।
ब्यायमशाला तथा योग केन्द्रमा आवश्यक पर्ने सम्पुर्ण सामाग्री खरिद गर्न २० लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरीएको थियो ।
भवन उदघाटन सँगै ब्यायमशाला तथा योग केन्द्रका सामाग्री राख्नु पर्नेमा निमित प्रशासकीय अधिकृत शाह र लेखापाल महतोले रकम सप्लायर्सको नाममा भुक्तानी गरी हिनामिना गरेको कार्यालय श्रोतबाट थाहा हुन आएको छ ।
२०७९ फागुन २ गतेका दिन ब्यायमशाला तथा योग केन्द्रको उदघाटन भएको थियो । उद्धघाटनको अवसरमा सामाग्री पछि राख्ने जानकारी दिए पनि हाल सम्ममा सो सामाग्री ब्यायमशाला तथा योग केन्द्रमा राखिएको छैन । यस सम्बन्धमा निमित प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा सामाग्री खरिद गर्ने प्रक्रिया शुरु भएको छ । आफुले ब्यायमशाला तथा योग केन्द्रका विनियोजित रकम हिनामिना नगरेको बताए । लेखापाल सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here