चन्द्रनिगाहपुर,२२ बैशाख । चन्द्रपुर नगरपालिका वडानं १० बालचनपुरका एक युवाले एक महिला माथि गिद्धे नजर लगाउदै कुटपिट गरेकाछन् । स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ बर्षकी बिवाहित महिलामाथि बिहिबार दिउसो लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन । कुटपिटबाट घाईते महिलाको अहिले चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भईरहेको छ । राजनैतिक संरक्षणमा छुल्याहा गतिबिधि गर्दे आएका पासवानले महिला माथि गरेको कुटपिटको बिषयमा पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उजुरी दिएको भएपनि पासवान पक्राउ पर्न सकेका छैनन् । हिजो बिहिबार वडा कार्यालय जादै गरेकी महिलालाई बालचनपुर र बिर्ता बजार बिचको बाटो नजिकै पर्ने एकान्त स्थानमा पासवाले जवरजस्ती गर्न खोजेका थिए । महिलाले प्रतिवाद गरेपछि बिजय पासवालले निर्घात कुटपिट गरेका थिए ।