चन्द्रपुर,२८ बैशाख । रौतहटको चन्द्रपुरमा एक महिने नेवा भाषा, नेवा नृत्य तथा धिमे बाजा प्रशिक्षण कार्यक्रम समापन भएको छ । नेवाः देय् दबू रौतहट जिल्ला समितिको आयोजना तथा मधेश प्रदेश समितिको सहयोग गरिएको सो प्रशिक्षणको बुधबार एक समारोह बीचमा समापन गरिएको छ । समापन समारोहमा बोल्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले आफ्नो कला संस्कृतिको संरक्षणमा नेवाः समुदायले देखाएको अग्रसरताको प्रशंसा गर्दै नयाँ पुस्तालाई आफ्नो कला संस्कृति सिकाउनाले यसको संरक्षणमा महत्वपूर्ण योगदान गर्नेमा विश्वास व्यक्त गरे ।
उनले चन्द्रपुर नगरपालिका सबै जात, धर्म, संस्कृतिको संरक्षण र प्रवद्धनमा योजनावद्ध ढंगले लागेको जानकारी दिदैं चन्द्रपुर नगरलाई सांस्कृतिक नगर बनाउने बाटोमा नगरपालिका अगाडि बढेको बताए । । नेवाः देय् दबू रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठले नयाँपुस्ताले आफ्नो मौलिक संस्कृति , भाषा, परम्पराहरु बिर्सर्दै गएकाले उनीहरुलाई त्यसतर्फ आकर्षित गर्न यो प्रशिक्षण कार्यक्रम राखेको बताए । उनले नेवाः समुदाय कला संस्कृतिमा निकै धनी रहेको उल्लेख गर्दै रौतहट जिल्लामा पनि यसको प्रवद्धन र संरक्षणमा आफुहरु लागिरहेको र त्यसको प्रतिफल पनि देखिइरहेकोमा खुसी व्यक्त गरे ।
नेवाः देय् दबू मधेश प्रदेशका अध्यक्ष तिलकलाल श्रेष्ठले समग्र मधेश प्रदेशमा नेवाः समुदाय सगठित हुँदै आफ्नो कलाा, भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न लागिरहेको जनाउँदै मधेश प्रदेशमा नेवाः समुदाय संस्कृति सरक्षणको अभियानमा जुटिसकेको बताए । नेवाः ल्यायम्ह दबूका अध्यक्ष सुदन मान मुनिकारले स्थानिय नेवाः समुदायका बालबालिका तथा युवाहरुलाई नेवा भाषा, नेवा नृत्य तथा धिमे बाजा प्रशिक्षण दिएको पञ्चरन्त शाक्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here