रौतहट,३१ बैशाख । मधेश प्रदेश स्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन हुन सफल भएको छ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रनिगाहपुरमा तीन दिन सम्म चलेको प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुष तर्फको २३ देखी २५ तौल समहमा बाराका समिक गौतमले प्रथम स्थान हासिल गरेका थिए । ३० देखी ३३ किलो तौल समुहमा बारा जिल्लाकै श्रवण धामी ,३४ देखी ३७ किलो तौल समुहमा महोत्तरीका बिवेक मगर ,३७ देखी ४० किलो तौल समुहमा रौतहटका नदिम हुसेन ,४० देखी ५३ किलो समुहमा पर्साका सिदार्थ प्रजापती ,४४ देखी ४८ किलो तौल समहमा पर्साका निश्चल धामी ,४८ देखी ५१ किलो तौल समुहमा धनुषाका अहमद अमेरु नदाप ,५१ देखी ५४ किलो तौल समुहमा पर्साका अफताव आलम ,५४ देखी ५८ किलो तौल समुहमा रौतहटका करण साह बनिया ,५८ देखी ६३ किलो तौल समुहमा पर्साका प्रदिप तिवारीले प्रथम स्थान हासिल गरेका छन् ।
त्यस्तै महिला तर्फ २५ देखी २८ किलो तौल समुहमा बराकी जस्मीन थापा मगर ,३० देखी ३३ किलो तौल समहमा महोत्तरीकी बिसिका केसी ,३४ देखी ३७ किलो तौल समुहमा पर्साकी सन्जु सापकोटा ,३८ देखी ४० किलो तौल समहमा धनुषाकी खुशी ठाकुर ,४० देखी ४३ किलो तौल समुहमा सिराहाकी सलिना यादव ,४३ देखी ४६ किलो तौल समुहमा बाराकी एलिसा अर्याल ,४६ देखी ४९ किलो तौल समुहमा रौतहटकी मनिषा वाईवा ,४९ देखी ५३ किलो तौल समुहमा महोत्तरीकी बबिता बर्मा ,५३ देखी ५७ किलो तौल समुहमा पर्साकी पुस्पा राखल मगर ,५७ देखी ६२ किलो तौल समुहमा सर्लाहीकी सलिना थापाले प्रथम स्थान हासिल गरेकी थिईन ।
प्रतियोगितामा उत्कृष्ठ हुने महिला खेलाडी मनिषा वाईवा र पुरुष तर्फ करण साह बनियालाई नगद पाच पाच हजार प्रदान गरिएको थियो । टिम प्रथम हुने पर्सा ,दोस्रो हुने रौतहट र तेस्रो हुने महोत्तरी जिल्लालाई चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधी तिवारीले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा प्रथम ,द्धितिय र त्रितिय हुने खेलाडीहरुलाई संचारकर्मी शिव पुरी ,अनमोल कार्की ,सागर हुमगाई ,प्यावसन चन्द्रपुरका अध्यक्ष लोक बहादुर श्रेष्ठ, नेपाल तेक्वादो संघ रौतहट जिल्ला कार्य समिति अध्यक्ष बिरु राना लगाएतले पुरस्कार तथा प्रमापत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिवारीले खेलाडीहरुले खेलकै माध्यमबाट देशको नाम उच्च राखेका कारण स्थानीय स्तरमा हुने यस्ता प्रतियोगितामा नगरपालिकाले सहयोग गर्ने बताएका थिए ।