चपुर,१ जेठ । प्रेस सेन्टर नेपाल, मधेश प्रदेश समितिका सचिव एवम् मेरो हुलाकी डटकमका प्रकाशक सम्पादक ओम किशोर चौधरीलाई नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाका प्रमुख इन्जिनियर धिरेन्द्र यादवले सार्वजनिक स्थानमा गरेको दुव्र्यवहारप्रति प्रेस सेन्टर नेपाल रौतहटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक जिम्मेवार पदमा रहेका शाखा प्रमुख यादवले सार्वजनिक स्थानमा पत्रकार चौधरी माथि गरेको दुव्यर्वहार निन्दनीय रहेको अध्यक्ष डिल्ली बहादुर कार्कीद्धार जारी बिज्ञप्तीमा उल्लेखछ ।
एक उपभोक्ताको हिसावले २०८०÷०१÷३१ गते विद्युत लाइन बारम्बार काटिएपछि विद्युत प्राधिकरण शाखा प्र्रमुख यादवसंग बुझ्दा फोनमा सामान्य विवाद भएको अवस्थामा २०८०÷०२÷०१ गते विहान पनि लाइन काटिएपछि यसबारे पुनः जानकारी लिन खोज्दा फोनमै शाखा प्रमुख यादवले आक्रोश पोखेर तपाई कुन ठाउमा हुनुहुन्छ म त्यही ठाउमा आएर ठिकपार्छु भनेपछि पत्रकार एवम् प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिका सचिव ओम किशोर चौधरीले आफुले संचालन गरेको मेरो हुलाकी डटकमको कार्यालयमा आउन भनेपछि सो स्थानमा आएका विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख यादवले पत्रकार चौधरीलाई देख्नेवित्तिकै तल्लो स्तरको अपशब्द बोल्दै जागिर छोड्छु तर तेरो खुट्टा काट्छु भन्दै सार्वजनिक रुपमा गाली बेइज्जत गरेको प्रति प्रेस सेन्टर रौतहटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो बिषयमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख यादवले आफु आफ्नो कार्यालयको कर्मचारीको दुर्घटनामा ज्यान गएर तनावमा रहेका बेला समान्य भनाभन भएको बताएकाछन् ।