अशोक पहाडी
चन्द्रनिगाहपुर,२ जेठ । जिल्लाको चन्द्रपुर नगरपालिका वाडनं १ मा रहेको दोभाव सामुदायीक वन उपभोक्ता समितिले बिगत पाँच बर्ष देखी साधारणसभा गर्न सकेको छैन । समितिले साधारणसभा मात्र नभएर समितिको खातामा रहेको पैसा समेत निकालेर समितिका केही समिति व्यक्तिले हिनामिना गरेको आरोप लागेको छ । सोही बिषयमा स्थानीयले पटक पटक डिभिजन वन कार्यालयमा जानकारी गराएको भएपनि वनले समेत वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ ।
रौतहट जिल्लामा यो एक उदाहारण मात्र हो । यहाँ रहेका अधिकांस सामुदायिक वन उपभोक्ता समितिको हिसाव किताव अपार्दर्शि रहेको स्वयम उपभोक्ताहरुले बताएका छन् । डिभिजन वन कार्यालय उपभोक्ता समिति गठन गरेर स्थानीय रुपमा वनको संरक्षण र आफ्नो वनमा उत्पादन भएको काठ दाउरा बिक्रि बितरण गरेर आउने रकमबाट स्थानीय समुह तथा समितिको हितमा काम काम गर्ने भन्दै दर्ता भएका वनको हिसाव कितावको कुनै लेखा जोखा नहुने गरेको पाईएको छ ।
वन कार्यालय रौतहटमा दर्ता भएका सामुदायिक वनले खोलेका बैंक दतामा रकमनै नरहेको उपभोक्ता समितिका सदस्यहरुले बताएका छन् ।
सामुदायिक वन उपभोक्ता समितिका केही टाठाबाठा मात्र पोसिने र उपभोक्ताको हित हुने खालका कुनै पनि काम रौतहटका सामुदायिक वनले नगरेको वन कर्मचारीहरुको भनाई रहेको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको चेतनगरमा रहेको खोरकट्टी सामुदायिक वन उपभोक्ता समितिले खरिद गरेको एम्बेलेन्सनै यतीबेला बेपक्ता भएपछि समुदायिनक वन उपभोक्ता समितिमा हुने आर्थिक हिनामिना छरपस्ट भएको छ ।
सो सामुदायिक वनले काठ काटेर बिक्रि गरेको पैसा बिगत देखीनै हिनामिना हुने गरेको उजुरी जिल्ला वन कार्यालय लगाएतका स्थानमा उजुरी पर्ने गरेको ले समेत सामुदायिक वनमा हुने आर्थिक अनियमिता छर्लङ भएको छ ।