अशोक पहाडी
रौतहट,७ जेठ । जिल्लाको चन्द्रनिगाहपुरमा रहेको माछापुछ्रे बैकको शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम गायब भएको छ । आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका–३ का रामेश्वरराय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो । अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । पुर्व वडा अध्यक्ष समेत रहेका यादवको खाताबाट एकाएक रकम गायव भएपछि दिनभर ठुलो संख्यामा आएका स्थानीय बासिन्दाले बैंक घेराउ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here