रौतहट,८ जेठ । मधेश प्रदेश सरकारका कृषि मन्त्रीका भाईले रौतहटका एकजना पत्रकारलाई दुर्व्यवहार गरेका छन् । रौतहट घर भएका मन्त्री मन्त्री कुशवाहका भाइ र स्वकिय सचिवको संलग्नतामा भएको छटघाट निर्माणमा भएको अनियमिताको बिषयमा बुझना लागि गएका पत्रकार माथि दुरव्यावहार भएको हो ।
भोजपुरी टाइम्स दैनिक पत्रिकाका समाचारदाता मेवालाल यादवमाथि मन्त्रीका भाई र स्वकिय सचिवले अभद्र व्यावहार गर्दै क्यामेरा खोस्ने काम समेत गरेको पिडित पत्रकारले गुनासो गरेकाछन् । विवादित रहेको छठघाटको विषयमा समाचार संकलनमका लागि बौधिमाइ नगरपालिका –५ कोपवा छठघाट्मा पुगेका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ सुबन्त कुशवाहा तथा मन्त्रीका स्वकीय सचीव अर्जुन कुशवाहाले दुर्व्यवहार गरेका हुन् ।
४० लाखको लागतमा बन्दै गरेको छट घाटमा २ नम्बर ईट्टा प्रयोग गरेको स्थानीयले गुनासो गरेपछि यादव निर्माण स्थलमा पुगेका थिए ।
यादवले आफु पत्रकार हु भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने,े, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार यादवले बताए । कृषि मन्त्री बसन्त कुशवाहाले आफ्नो भाइ सुबन्त कुशवाहा र स्वकीय सचिव अर्जुन कुशवाहा लगायतका गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार , गालिगौज गरेको यादवको भनाइ छ ।
कृषि मन्त्रीकै गाँउमा भएको विकास निर्माणको काममा भएको अनियमिताको समाचार संकलनका लागि जाँदा आफुमाथि अभद्र व्यावहार भएको पिडित पत्रकार यादवले गुनासो गरेकाछन् ।
हिजो भएको सो घटनाको बिषयमा आफुले स्थानीय प्रहरी चौकी र नेपाल पत्रकार महासंघ रौतहटमा जानकारी गराएको भएपनि कुनै वास्ता नभएको पत्रकार यादवको भनाइ रहेको छ ।
