g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k|r08 sf7df8f}F, @* r}t M zx/L ljsf; dGqfnon] dËnaf/ oxfF cfof]lht /fli6«o zx/L gLlt, zx/L ljsf; P]g / o'l6ln6L sf]l/8f]/ P]g th{'df;DaGwL uf]i7LnfO{ ;Daf]wg ub}{ k"j{k|wfgdGqL Pjd g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iifsdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

गौर,१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर र दरबार हत्याकाण्डलगायतको अनुसन्धान गरी निष्कर्षमा पु¥याउने बताएका छन् ।
मंगलबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनिती गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।
‘मैले भनेको छु, ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनिती गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ ।
ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शंका छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले बुधबारबाट हुने आफ्नो भारत भ्रमणका क्रममा सिमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विद्युतको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धतासमेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here