अशोक पहाडी
रौतहट,१७ जेठ । तीन बर्षमा बन्नु पर्ने पुल सात बर्ष बितिसक्दा पनि नबनेपछि आक्रोशित स्थानीयले ठेकेदार र सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुखलाई कुटपिट गरेका छन ।
समयमा पुलको काम सम्पन्न नगरेको भन्दै ४ दिन देखि स्थानीय निर्माणाधीन चादी खोलाको पुलमा रिले अनशनमा बसेका थिए । बुधबार सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिई दरोगा साह ,ठेकेदार दयाराम साह संघिय ससद देव प्रसाद तिमल्सिना ,नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी सहितको टोली अनशन स्थलमा गएको बेला स्थानीयले ठेकेदार दयाराम साह र डिई दरोगा साह माथि हातपात गरेका थिए । तीन बर्षम सक्नुपर्ने काम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीका कारण सात बर्षमा पनि नबनेको भन्दै स्थानीयले निर्माणाधिन पुलको मुनी चार दिन देखी रिले अनशन थालेका थिए ।
नेता र प्रहरी प्रशासनको साथमा सडकमा हाकिम र ठेकेदार रिलेअशन बसेको स्थालमा पुगेपछि आक्रोसित स्थानीयले हातपात गरेको चन्द्रपुर नगरपालिका वडानं ३ का वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here