चन्द्रपुर,१९ जेठ । गर्मी बढेपछि रौतहटका स्थानीय तहले धमाधम विद्याय बिदा दिन थालेकाछन् । शुक्रबार सुचना निकालेर चन्द्रपुर नगरपालिकाले नगरभित्र रहेका निजी तथा सामुदायीक विद्यालयहरु चार दिनका लागि बन्द गर्ने निर्णय गरेको चन्द्रपुर नगरपालिकाका शिक्षा शाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत रामप्रकाश साहले बताए । सो नगरपालिकाले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । चन्द्रपुर नगरपालिकाले पनि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नगरप्रमुख संजय कुमार काफ्लेले जानकारी दिएकाछन् ।
गौर नगरपालिकाले समेत बढदो गर्मीलाई मध्यनजर गरेर एक हप्ताका लागि विद्यालय बन्द गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुवार ठाकुरले जानकारी दिएकाछन् । ती पालिकाहरुले गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि एक हप्ताका लागि बिदा दिने निर्णय गरेको जनाएका छन् ।
गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो । नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुनेछ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले पनि गर्मीका कारण २० गतेसम्मका लागि विद्यालयलाई बिदा दिने निर्णय गरेको जनाएको छ ।
विराटनगरले १८ र १९ गते बिदा दिए पनि २० गते शनिबार परेकोले विद्यालय आइतबार मात्रै सञ्चालनमा आउनेछन् ।
गौर नगरपालिकास्थित जिल्ला शिक्षा समन्वय इकाई रौतहटले बिहीबार एउटा सूचना जारी गर्दै जिल्लाको सम्पुर्ण स्थानीय तहलाई एक हप्ताको लागि सामुदायिक र निजी विद्यालयमा विदा घोषणा गर्न सिफारिस गरेको हो । रौतहटमा कूल १८ वटा स्थानीय तह छन् ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख रामाविनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।