चन्द्रनिगाहपुर,२३ जेठ । उमेरले ४० वर्ष पार गर्दै गरेका जोसिला युवा हुन्, देवराज अधिकारी । आफ्नै स्वदेशी माटोमा केही गरौं भन्ने अट्टहास भावना छ, उनमा । उनी कुनै पनि राम्रा योजनाहरूमा अघि बढ्न कत्ति पनि हिचकिचाउँदैन् । रौतहटको चन्द्रपुर ७ बनबहुअरी उनको जन्मथलो हो । समान्य किसान परिवारमा जन्मेका अधिकारी यतीबेला निर्माण व्यावसायीका रुपमा आफ्नो व्यावसायीक रफ्तारलाई अगाडी बढाउन सक्रिय रहेकाछन् । छोटो अन्तरालमा एक सफल निार्माण व्यावसायीका रुपमा अधिकारीले आफुलाई स्थापित गराएकाछन् ।
अध्ययनका लागि रौतहटबाट राजधानी काठमाण्डौ छिरेका अधिकारीले २०६२ सालबाट निर्माण व्यावसायको क्षेत्रमा हात हालेका हुन । त्यतिबेला फगत रित्तो हात उनी काठमाडौ खाल्डोमा छिरेका थिए ।
उनलाई सुरुमा काठमाडौं छिर्दा आजको यो स्थानमा आइपुग्छु भन्ने कत्ति पनि कल्पना थिएन । न त व्यापार–व्यवसाय गर्ने सोच नै थियो । उनी त्यतिबेला काँचो माटोसरह थिए । काठमाण्डौमा निर्माण व्यावसायीकोमा काम गर्दागर्दै यतीबेला अधिकारी पनि चलेका निर्माण व्यावसायीका रुपमा आफ्नो परिचय बनाउन सफल भएका हुन ।
०६२ सालबाट साना तिना निर्माणको काम बाट निर्माण व्यावसायमा हात आलेका रौतहटका अधिकारीको हातमा यतीबेला देशका बिभिन्न स्थानमा दर्जनौ निर्माणका काम छन् । बिषेश गरेर बिल्डीङ र कन्टङक्सनको काममा गर्ने अधिकारीलाई यतीबेला भ्याई नभ्याई रहेको छ ।
वेष्टवय कन्ट्रक्सनका संचालक अधिकारीले रौतहटमा मात्र दर्जन भन्दा बढी निर्माणका काम काम गरीरहेकाछन् । उनले यतीबेला कोल्वी नगरपालिकाको सव्जी बजार भवन ,रौतहको गुजरा नगरपालिकाको बहुउदेश्यीय ब्यापारीक भवन ,चन्द्रपुरमा सित भण्डारको भवन निर्माण ,व्यावस्थीत कुलो निर्माण ,चार्जिङ सेन्टर र सुख्रेत अस्पतालको भवन निर्माण लगाएत देशका बिभिन्न स्थानमा निर्माण सम्बन्धी काममा सक्रिय रहेकाछन् । निर्माण व्यावसायमा लागेर पैसा कमाउने मात्र नभएर अधिकारीले स्थानीय स्तरमा समाजिक काम समेत गर्दै आएकाछन् । रौतहटमा जन्मेका अधिकारीले निर्माण व्यावसायको काम देशभरीनै गर्ने लक्ष राखेर लगाडी बढेकाछन् । उनले यसभन्दा पहिला समेत देशका बिभिन्न स्थानमा आफुले पाएको ठेक्काको काम सफलता पुर्वक गरेका छन् । यतीबेला निर्माण व्यावसायको क्षेत्रका चम्कीला ताराका रुपमा लगाडी बढ्दै गरेका अधिकारीले आफ्नो कडा मेहनतका कारण आफु यो स्थान सम्म आईपुग्न सफल भएको बताएका छन् ।
आफ्नो क्षेत्रमा अझ सफलता हाँसिल गर्नका लागि आफुले अझै धेरै मेहनत गर्नुपर्ने निर्माण व्यावसायी अधिकारीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here