चन्द्रपुर,१ असार । चन्द्रपुर नगरपालिका वडा नं–१० को कार्यालयमा स्थानीय महिला समुहले विरोध प्रदर्शन गर्दै घेराउ गरेका छन् । बिहिबार दिउँसो उनीहरुले बिभिन्न नाराबाजी गर्दै वडा कार्यालय घेराउ गरेका हुन् । किसान मार्न पाइदैन्, किसानको माग पुरा गर जस्ता नाराबाजी गर्दै वडा कार्यालय घेरोउ गरेका थिए । वडामा रहेका कृषि समुह संग आवद्ध महिलाहरुले वडा कार्यालय घेराउ गरेपछि महिला समुह र वडा अध्यक्ष सहितको जनप्रतिनिधिहरुको बिचमा सहमती भएको थियो । वडा अध्यक्ष टंकेश्वर चौधरीले वडामा रहेका महिला कृषक समुहका लागि ३० वटा बोरिङ ,दलित महिला समुहका लागि ५ लाख बराबरको बंगुर पालनका लागि रकम बिनियोजन ,बालिनालीमा बिषादी छर्ने ८० थान स्प्रे ट्याङकी दिने सहमती गरेका थिए ।
महिला कृषक समुहका लागि उनीहरुको माग बमोजिम बिहिबारनै वडाका निर्वाचित जनप्रतिनिधिले ती सामाग्री तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । महिला कृषक समुहको माग जायज रहेका कारण आफुहरुले उनीहरुको माग तत्काल पुरा गर्ने गरी काम थालेको वडा अध्यक्ष चौधरीले जानकारी दिएकाछन् ।
सो वडाका अधिकांस महिलाहरु महिला कृषक समुहमा आवद्ध रहेर कृषि कर्ममा सक्रिय रहंदै आएका कारण वडाले आफ्नो तर्फबाट माग पुरा गर्ने आश्वासन दिएको वडा कार्यालय घेराउ गर्न पुगेकी एक महिलाले जानकारी दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here