रौतहट,३ असार । अवैध हतियारसहित रौतहटबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा ७ का ६५ वर्षीय मोहन राय र सोही ठाउँका ४५ वर्षिय उमेश राय रहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर यादवले बताएका छन् ।
मौलापुर बजार आइटी चौकमा शुक्रबार साँझ प्रहरी टोलीले सवारी चेकिङको क्रममा बाराबाट घर तर्फ जाँदै गरेको भारतीय नम्बर यूपी ५० एन ३२३८ को मोटरसाइकलको सिट मुनी १ थान नलकटुवा पेस्तोल र १ थान गोली बरामद भएको प्रवक्ता डिएसपी यादवले जानकारी दिए ।
अवैध हतियार र मोटरसाइकलमा सवार दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।