चन्द्रपुर,४ असार । रौतहट जिल्लामा रहेको रंगपुर साझेदारी वन उपभोक्ता समुहको मातहतमा रहेको जंगल सकिदै जाँन थालेको स्थानीयको भनाइ रहेको छ ।
वन कर्मचारी र काठ चोर समुहको मिलेमतोमा रौतहटको वनमा पछिल्लो समय व्यापक काठको चोरी तस्करी बढेको छ । रंगपुर साझेदारी वनको मतहतमा रहेको जंगलमा काठ चोरसंग वन कर्मचारीको मिलेमतो भएका कारण सो क्षेत्रको वन क्षेत्र उजाड बन्दै जान थालेको स्थानीय बासिन्दा बिनोद चौधरीले बताए ।
चन्द्रनिगाहपुरमा रहेको सव डिभिजन कार्यालय र बनबहुअरीमा रहेको सव डिभिजन वन कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर साझेदारी वनबाट काठ चोरले दिउसै काँचा सालका गोलिया काटेर लाने गरेको स्थानीयको भनाइ रहेको छ । वनबहुरीमा रहेका वन कर्मचारीले पैसा लिएर काठ चोर्न छुट दिएपछि सो क्षेत्रको घना वन पातलिदै गएको स्थानीयको भनाइ रहेको छ । रंगपुर साझेदारी वन क्षेत्रमा हिजोआज दैनिक साईकल ,ई रिक्सा र मोटर साईकल लिएर जाने समुहले काँचा सालका रुक काटेर स्थानीय चिरान मिलमा लगेर बेच्ने गरेको समाचारस्रोतले तराई एक्सप्रेसलाई बतायो ।
एक बर्ष पहिला सम्म हेरालु राखेर रंगपुर साझेदारी वनको मातहतमा रहेको जंगल सुरक्षागर्नेहरु समेत नभएको र वन रक्षागर्नका खटिएका सरकारी कर्मचारीनै काठ चोरसंग मिलेका कारण सो क्षेत्रको जंगल उजाड बन्दै जान थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा व्यापक चोरी तस्करी बढेको भएपनि सरोकारवाल मौन रहेको गाँउलेहरुको भनाइ रहेको छ ।केही समयअघिसम्म टायरगाडा र ट्याक्टरमा चोरी तस्करी गर्ने समूहले अहिले चोरीको तरिकासमेत बदलेको छ । तस्कर समूहले ६६ इन्च गोलाइको काठ अट्ने गरी साइकल मोडिफाई गरेर चोरी तस्करी गर्ने गरेका छन् ।
काठ चोरी तस्करीमा पक्राउ परेकालाई राजनीतिक दलका नेताहरूले नै छुटाउन दबाब दिने गरेकाले पनि तस्करी नरोकिएको कर्मचारीको भनाइ छ । स्वतत्र रूपमा काम गर्न नपाउँदा आफूहरूलाई वन जोगाउन हम्मेहम्मे परेको डिभिजन वन कार्यालयका प्रमुख सुनिल कर्णले बताए ।
वन कर्मचारीकै मिलेमतोमा चोरी तस्करी बढेको स्थानीयवासीको आरोप छ । तर, आवश्यक कर्मचारी नहुँदा चोरी तस्करी बढेको वन कर्मचारीहरू जिकिर गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here