चन्द्रपुर,४ असार ।
डिभिजन वन कार्यालय रौतहटमा जिल्ला भित्रकै कर्मचारीको हालीमुहाली रहेका कारण समेत वनमा हुने चोरी तस्करीले स्थान पाएको जानकारहरु बताउछन् ।
एउटै कर्मचारी डिभिजन वन कार्यालय रौतहटमा १० देखी १५ बर्ष सम्म कार्यरत रहेका कारण उनीहरुले आफुभन्दा माथिल्लो निकायका कर्मचारीलाई नटेर्ने गरेको पाईन्छ । ११० कर्मचारीको दरबन्दी रहेकोमा ९३ जना कार्यरत छन् । तीमध्ये ९० प्रतिशत कर्मचारी जिल्लाभित्रै छन् । स्थानीय कर्मचारीकै कारण रौतहटको वनमा चोरी तस्करी बढेको जिल्लाबाहिरका कर्मचारीहरूसमेत स्विकार्छन् ।वन कर्मचारी गस्तिमा जाने बेलामा स्थानीय कर्मचारीले फोन तथा म्यासेजबाट पहिलानै जानकारी दिने गरेका कारण रौतहटको वनमा चोर्न आउनेहरु सजिलै भाग्न सफल हुने गरेकाछन् ।
पंहुचका आधारमा लामो समय देखी डिभिजन वन कार्यालयमा हालिमुहाली गरेर बसेका कर्मचारीका कारण जिल्लाको घना वन साँधुरीदै जान थालेको छ । लामो समयदेखी डिभिजन वन कार्यालयमा लखडा जमाएर बसेका कर्मचारीको सरुवा भएपनि उनीहरु पहुचका आधारमा फेरी रौतहटमै आँउने गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here