चन्द्रनिगाहपुर,६ असार । रौतहटको बिभिन्न स्थानमा पछिल्लो समय बिभिन्न प्रलोभन देखाउदै धर्म परिवर्तन गारउनेहरु सक्रिय रहन थालेकाछन् । अन्य धर्मको तुलनामा हिन्दुहरुलाई बिभिन्न प्रलोभन देखाउदै क्रिस्चियन बनाउनेहरु गाँउघरमा सक्रिय भएर लाग्ने गरेकाछन् ।
इसाई भर्म प्रचारकहरुले रौतहटको कटहरिया नगरपालिका लगाएतका स्थानमा सोझा सिधा मान्छेहरुलाई बिभिन्न प्रलोभन देखाएर इसाई बनाउन थालेको भन्दै हिन्दु धर्मालम्बीहरुले त्यसको बिरोध गर्न थालेकाछन् ।
जिल्लाको कटहरिया नगरपालिका लगाएतका स्थानमा गाँउलेहरुलाई बिभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गिरोह सक्रिय रहेको स्थानीय बासिन्दाले बताएकाछन् । इसु प्रमेश्वरको प्रार्थाना गरेमा बिमारी निको हुने ,धन सम्पत्तीमा बढोत्तरी हुने ,रोग ब्याध नलाग्ने भन्दै सोझा सिधा मान्छेलाई धर्म परिवर्तन गराउने गरेको स्थानीय बासिन्दाले तराई एक्सप्रेसलाई बताएकाछन् ।
नेपालको कानुनमा सबै धर्म मान्ने छुट भएपनि मान्छेलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनका लागि बर्जित रहेको छ । धर्म निरपेक्ष राष्ट्रिको नाममा पछिल्लो समय देशभरीनै हिन्दुहरुलाई बिभिन्न बाहानामा क्रिस्चियन बनाउनेहरु सक्रिय रहेका छन् ।
जिल्लाको कटहरिया नगरपालिमा मात्र नभएर यतीबेला रौतहटका सबै जसो पालिकामा परमेश्वरको प्रार्थानाका नाममा अशिक्षित तथा गरिवहरुलाई धर्म परिवर्तन गराउने गिरोह रौतहटका जिल्लामा सक्रिय रहेको भन्दै सरोकारवाला निकायले त्यसको कडा रुपमा बिरोध गर्दै आएकाछन् । पैसा तथा अन्य प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु नै अपराध भएको कटहरियाका पत्रकार संजय कुमार मिश्रको भनाइ रहेको छ ।
रौतहट जिल्लाका ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक तथा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको घटना सार्वजनिक भइरहेको भएपनि त्यस तर्फ स्थानीय प्रशासनले खासै ध्यान नदिएको स्थानीय बासिन्दाको भनाई रहेको छ ।
नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन् । पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ ।
नेपाल अहिले धर्म निरपेक्ष राज्य हो, र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ । यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ । तर रौतहटका बिभिन्न स्थानमा खुलेयाम धर्म परिवर्तन गराउनेहरु सक्रिय भएर लाग्दा समेत कसैले ध्यान नदिएको हिन्दु परिषद नेपाल रौतहटका प्रवक्ता अभिमन्यु पटेलले तराई एक्सप्रेसलाई बताए । उनले भने रौतहटका ग्रमिण भेगमा बिभिन्न बहानामा हिन्दुहरुलाई क्रिस्चियन बनाउने कामलाई स्थानीय प्रशासनले तत्काल रोक्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here