काठमाडौं । लोक सेवा आयोगले परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही गरेको छ । आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको हो ।
शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ ।